स्याङ्जाको ठाडोभाका ,भैरमथानको यात्रालाई समर्पित डकुमेन्ट्री पोखरामा प्रदर्शन हुने

पाेखरा | जेठ १, २०८०

स्याङ्जाको ठाडोभाका ,भैरमथानको यात्रालाई समर्पित डकुमेन्ट्री पोखरामा प्रदर्शन हुने

पोखरा:       चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ ।

 
सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए  ।


डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।  मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको  उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन  तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते  सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको  प्रर्दशनी गरेको थियो । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्